भोटेकोशी र सुनकोशी नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक, असार ४ । भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने संभावना रहेकोले बाढीको जोखिम बढेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ।
चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले त्यसबाट भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा रहेकोले तल्लो तटका बासिन्दालाई आगामी असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
सोहीअनुसार सकेसम्म नदी किनारामा नजान, सावधानी अपनाउन तथा बेलाबेला सूचना लिइरहन प्राधिकरणले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय