नारायणगढ-बुटवल सडक अवरुद्ध
वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

काठमाडौं, असार ५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड गए रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।
यस खण्डमा रहेको विनयी नदीको डाइभर्सन पानीले बगाउँदा र दाउन्नेमा रहेको चिप्लो बाटो बाढीले बगाउँदा राजमार्गमा यातायात अवरुद्ध भएको हाे । उक्त खण्डमा सडकको अवस्था सुधार नभएसम्म यात्राका लागि वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुरोध गरेको छ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय