Kath Khabar
विनयी खोलामा यसरी पल्टियो यात्रुवाहक बस
Images : Nepal Police/Armed Police Force, Nepal

                      काठमाडौं, असार ६ । पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल खण्डको नवलपरासी पूर्वको विनयी खोलामा एक्कासी खोलाको बहाव बढ्दा डाइभर्सनको बिच भागमा यात्रुबाहक बस फसेपछि नेपाल प्रहरी अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा एक्जाभेटर प्रयोग गरी उक्त बसमा सवार यात्रुको उद्दार गरिएको छ ।  

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गएराति १२ बजेतिर नदीमाथि बनेको नयाँ डाइभर्सन पार गर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ ।  उक्त बसमा सवार तीन शिशुसहित ३८ यात्रुको उद्दार गरिएको हो ।

नदीमा कति सामान बग्यो भन्ने अझै पुष्टि भएको छैन । वर्षा भइरहेकाले बस नदीबाट निकाल्न नसकेको प्रहरीले जनाएको छ ।

 

509291905_1036621381933718_3136813157113071616_n-1750405150.jpg
509363349_1036621295267060_3886410936552532096_n-1750405149.jpg502577130_1036640861931770_4443115447572391303_n-1750405134.jpg
502492827_1036621275267062_2526294931067178679_n-1750405151.jpg
Capture-1750407122.JPG
2-1750407121.JPG
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update