
काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित पाहुना गेष्ट हाउसबाट अवैध लागूऔषध गाँजा ४ किलो १ सय ग्राम सहित रामेछाप मन्थली नगरपालिका-१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०६ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन ३२ एम्पुल र फेनारगन ३२ एम्पुल सहित ललितपुर सानेपा बस्ने ताप्लेजुङ घर भएका २७ वर्षीय गोपाल प्रधानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ गौशलास्थित रोयल सिराह गेष्टहाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम सहित सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा भीमेश्वर नगरपालिका-३ घर भएका २६ वर्षीय आशिष राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० दैजी बस्ने ३२ वर्षीय केशब बिष्ट, बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बस्ने २८ वर्षीया लक्ष्मी चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय अम्मर शाही, २० वर्षीय लक्ष्मण बुढाथोकी, १९ वर्षीय रेशम जैसी, १९ वर्षीय खगेन्द्र भण्डारी र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय जांगिर सेखलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, गढवा गाउँपालिका-६ गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ आउँदै गरेको युपि ४७ एएच ८७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।