Kath Khabar
बीपी राजमार्गमा १५ दिनका लागि राति यात्रुवाहक सवारी चलाउन रोक


                          काभ्रेपलाञ्चोक, असार ६ । बीपी राजमार्गमा १५ दिनका लागि यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले १५ दिनका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो । उक्त बैठकले मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय गरेको छ ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update