नवलपरासी, असार ९ । पूर्व पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोमबार बिहान परेको अविरल वर्षाले पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-३ सर्दिस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलाको डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको हो । प्रहरीका अनुसार सडक छिटो सुचारु गर्न तीव्र प्रयास भइरहेको छ।
यस्तै, नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको अस्थायी डाइभर्सन पनि बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि होङ्सी गेट-सर्दी हुँदै ज्यामिरे राजमार्ग जोड्ने वैकल्पिक मार्ग भएर सवारी आवातजावत गराइएको थियो । आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो । अब वैकल्पिक बाटोको पनि प्रयोग नगर्न प्रहरीले जनाएको छ ।