Kath Khabar
मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द हुने
Photo : RD Bharatpur

                              चितवन, असार १२ । मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द हुने भएको छ। 

मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहेकोले आज दुई घण्टा सवारी आवागमन बन्द हुने भएको हो । 

माथिबाट ढुंगाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने भएकाले उक्त सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्जाभेटर प्रयोग गरी ढुंगा झार्न कार्य रहेको हुँदा आज बिहान ११ देखि दिउँसो १ बजेसम्म करिब २ घण्टा सवारी आवागमन बन्द रहने सडक डिभिजन भरतपुरले जनाएको छ। 

उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारी साधन रोक्न सडक डिभिजनले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update