Kath Khabar
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिनमा सर्वसाधारणलाई निर्मल निवासमा भेट्ने

                             काठमाडौं, असार १३ । पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ गते आफ्नो ७९औँ जन्मदिन मनाउने भएका छन् ।  उक्त जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ। 

वार्षिक उत्सवको रूपमा मनाइने यस अवसरमा, पूर्वराजाले आफ्नो निजी निवास निर्मल निवासको ढोका सर्वसाधारणका लागि खुला गर्ने पूर्वराजाको प्रेस सचिवालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिका अनुसार उक्त दिन बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म सर्वसाधारणका लागि निर्मल निवास खुल्ला रहनेछ ।

 

511177463_1385022829219104_4243429897425553952_n-1751006589.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update