Kath Khabar
प्रधानमन्त्रीलाई समिक्षाको जवाफ- 'महेश बस्नेतको लेखाईले म अत्यन्त विक्षिप्त बनेकी छु'

                      काठमाडौं, असार १५ । गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्टाटस लेखेको बताएकी छन् । गायिका अधिकारीले शनिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमामार्फत अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्टाटस लेखेको बताएकी हुन् ।  

प्रधानमन्त्रीको  फेसबुक पोस्टले केही मात्रामा राहत तथा हौसला दिएपनि प्रधानमन्त्रीकै अत्यन्त विश्वास पात्र महेश बस्नेतले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी अनेक कुरा लेखेको देख्दा आफू अत्यन्त विक्षिप्त बनेको बताएकी छन् ।

उनले भनेकी छन्, -

सम्माननीय प्रधानमन्त्रीज्यू,

हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो।

तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।

जनताको अदालत भन्दा ठुलो अरु केहि छैन।

जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।

बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो...?

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update