Kath Khabar
आजदेखि विनयी खोलाको नयाँ पुलबाट यातायात सन्चालन हुने

                       रुपन्देही, असार १९ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किबासको विनयी खोलामा निर्माण गरिएको नव निर्मित पुल आजबाट संचालनमा आउने भएको छ ।

बुधबार कालोपत्रको काम सम्पन्न भएपछि आज (बिहिबार) बिहान ११ बजेदेखि उक्त पुलबाट यातायात सन्चालन हुन लागेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

 करिब ६ महिना अघि अधिक भारको कारण विनयी खोलाको पुल भाँचिएपछि क्षति भई सवारी आवागमन बन्द भएको थियो । पुल निर्माण कार्य समयमा नसकिदा यो बाटो भएर सञ्चालन हुने सयौँ सवारी साधनहरू वैकल्पिक मार्ग दुम्किबास–सर्दी–होङसी गेट हुँदै करिब २८ किलोमिटरको बढी यात्रा गर्न बाध्य थिए ।

उक्त स्थानमा सडक डिभिजन भरतपुरबाट अस्थायी डाइभर्सन निर्माण गरि सवारीसाधन संचालनमा आईरहेको थियो तर लगातारको वर्षाले आएको बाढीले निर्माण गरेको अस्थायी डाइभर्सन पनि पटक-पटक बगाएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरिरहेको थियो ।  

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update