Kath Khabar
पत्रकार दिलभूषण पाठक अदालत उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान र थुनछेक बहस

                    काठमाडौं, असार १९ ।  विद्युतीय ऐन अन्तर्गतको कसुरमा  मुद्दा दायर भएकापत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको ३१ नम्बर इजलासमा बयान र थुनछेक बहस आजै हुने भएको छ । उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो । 

पाठकले युट्युबमा सञ्चालन गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाको नाममा होटल हिल्टनमा लगानी रहेको दाबी गरेका थिए, सोही सामग्रीलाई अभियोगको आधार बनाइएको छ । उक्त रिपोर्ट ‘चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो ।

सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७९१० अनुसार अभियोग दाबी गर्दै १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ ।

यसअघि साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी प्राप्त गरेको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पाठक पक्राउ पर्नबाट बचेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update