Kath Khabar
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्ने एक युवक पक्राउ

                          काठमाडौं, असार १९ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, चितवनका ३३ वर्षीय गुन्जन राईलाई चौहानलाई अनलाइनमा आपत्तिजनक भाषा प्रयोग गरेको र मौखिक दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

एलिनाले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी छन् । 

यसअघि उनले र अर्की गायिका समीक्षा अधिकारीसँगै सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट गर्ने प्रयोगकर्ताका प्रोफाइलहरू सार्वजनिकसमेत गरेका थिए । यसै सन्दर्भमा उनी र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेटेर यस विषयमा ध्यानाकर्षण गराएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update