Kath Khabar
पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

                     काठमाडौं, असार १९ ।  पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासमा भएको बयान र थुनछेक बहसपछि पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आजै उनको मुद्दामा थुनछेक बहस भएको थियो ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध गत सोमबार मुद्दा दायर गरेको थियो ।

पत्रकार पाठकले आफ्नो कार्यक्रममार्फत् हिल्टन होटलका विषयमा जयवीरसिंह देउवाको संलग्नताबारे भिडियो सामग्री प्रस्तुत गरेका थिए । यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update