सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवाहरू बन्द
काठमाडौं, असार २० । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या आएकाले सबै सेवा तत्कालका लागि रोकिएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ- 'सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ।’ विभागले समस्या समाधानको प्रयास जारी रहेको जनाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द रहने जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय