काठमाडौं, असार २२ । २०६४ चैत २७ गतेको रौतहट बम विस्फोटका प्रत्यक्षदर्शी तथा बाँचेका भारतको बिहार, सीतामढी घर भएका गौरी शंकर राम चमारले आफ्नो ज्यान खतरामा रहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेस नेता मोहम्मद अफतालाई उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै हालै उच्च अदालत वीरगन्ज इजलासले सफाइ दिएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चमारले अदालतको निर्णयलाई त्रुटिपूर्ण बताए र सरकारलाई न्याय दिन आग्रह गरे। उनले रौतहटमा आलमको स्वामित्वमा रहेको भनिएको इँटाभट्टामा काम गर्दा आफूले घटना देखेको बताए।
आलमलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध लड्न शरीरभरी हेर्दै डरलाग्दा खतैखत बोकेर उनी काठमाडौं आएका हुन्। “उसको रिहाइले मलाई गहिरो दुःख लागेको छ, त्यस्तो मान्छे छुटेर हिँडेको छ, उसले मलाई धम्की पनि दिएको छ। मलाई अहिले मेरो ज्यानको डर छ” चमारले भने।
विस्फोट भएको दिन सम्झँदै, चमारले आफ्नो शरीरमा जलेको घाउ देखाउँदै आफ्नो अनुभव सुनाए। घर नजिकै बम विस्फोट हुँदा साप्ताहिक ज्याला लिन बोलाइएको उनले बताए। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । “आगोले मलाई घेरेको थियो। बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो । म चिच्याउँदै दौडेर नजिकैको पानीको स्रोतमा हाम फालेँ, उनी त्यहीँ बेहोस भएर ढले । आँखा खुल्दा गौरीशंकरले एकैचोटि आफूलाई सितामढीस्थित सदर अस्पतालको बेडमा पाए,” उनले भने।
बम विस्फोटको घटनामा संलग्नविरुद्ध अस्पतालमा मुद्दा चल्दै थियो । गौरीशंकर घटनाको प्रत्यक्षदर्शी थिए । त्यसैले उनको मुख बन्द गराउन अफ्ताबका तर्फबाट करिब चार वर्ष लगातार ज्यान मार्ने धम्की आयो । नेपाल आए कुनै न कुनै मुद्दामा फसाइदिने धम्की दिन्थे ।
जिल्ला अदालत रौतहटले फैसला सुनाउँदा केही राहत महसुस गरेका उनी उच्च अदालत वीरगन्जको फैसलापछि छटपटाएका छन् । उनले सरकार र न्याय प्रणालीलाई गुहारेका छन् । ‘म सरकारसँग न्याय माग्न चाहन्छु। यस्तो अपराधीलाई छोड्नु हुँदैन, उसलाई कडाभन्दा कडा सजाय हुनुपर्छ,’ उनी भन्छन् ।
"मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ", उनले रुदै भने ।