रसुवा, असार २४ । छिमेकी राष्ट्र चीनतर्फ आएको अबिरल आएको वर्षाको कारण भोटेकोशी नदीमा बाढी आएको छ ।
चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा आएको बाढीले आज बिहान ३ः१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुल बगाएको छ ।
त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनरहरु बगाएको छ । भन्सार यार्डमा काम गर्ने केही ड्राइभर र मजदुरहरुलाई पनि बाढीले बगाएको हुनसक्ने आशंका गरिएपनि हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । बाढिले ठूलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ ।
नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।