त्रिशूली नदीको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला

धादिङ, असार २४ । धादिङको त्रिशूली नदीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ ।
गजुरी गाउँपालिका–६, बेल्खु स्थित त्रिशुली नदी किनारमा अन्दाजी ३५/३६ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित त्रिशूली नदी किनारमा अन्दाजी ३५/४० वर्ष उमेरका अर्को पुरुषको पनि शव भेटिएको छ । दुवैको पहिचान खुल्न बाँकी छ ।
रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीले शव बगाएर ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । तर पुष्टि हुन भने बाँकी रहेको छ । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय