Kath Khabar
आकस्मिकबाहेकका सेवा बन्द गर्दै चिकित्सकहरूको माइतीघरमा प्रदर्शन

                        काठमाडौं, असार २४ । नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्दै मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

चिकित्सकीय लापरबाहीको आरोपमा उपभोक्ता अदालतले क्षतिपूर्ति तिर्न आदेश दिएपछि सोमवारदेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । 

सरकारले आफ्ना मागहरू सम्बोधन नगरेसम्म विरोध जारी राख्ने बताएको छ । सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा ‘क्लिनिक’ले पनि ऐक्यबद्धता जनाएका छन् ।  अस्पतालहरुले सेवा बन्द गर्दा वीर अस्पताल लगायत अस्पतालहरूमा बिरामीहरू फर्कनुपरेको छ । 

बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update