Kath Khabar
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

                       काठमाडौं, असार २४ । चन्द्रागिरी नगरपालिका-११ सतुङगल बस्ने २७ वर्षीय सुशन प्रधानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाईट्राजेपाम १ सय ७२ ट्याब्लेट र नगद १३ हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३५ ट्याब्लेट सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका १९ वर्षीय निशान शेर्पा, मोरङ बेलबारी घर भएका १९ वर्षीय अभि राई र सोलुखुम्बु घर भएका २८ वर्षीय संदिप राना रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

बाँके, जानकी गाउँपालिका-६ पिप्रहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय जलिल खाँ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध २ ग्राम ६ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच निबिया गाउँ बस्ने ४४ वर्षीय नौसाद सिद्धिकी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ४० एन ०१७० नम्बरको  मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-१४ खसीबजार डेरा गरी बस्ने सोही महानगरपालिका-३२ सातमुहाने घर भएका ३२ वर्षीय बिकाश न्यौपानेलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २६ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन २६ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय जितेन्द्र आङ्देम्वेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बारा, कलैया उपमहानगरपालिका-५ भरत चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार ५ सय एम्पुल, फेनारगन १ हजार ५ सय एम्पुल र डाईजेपाम १ हजार ५ सय एम्पुल सहित जीतपुरसिमरा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय सेराज अंसारीलाई सोमबार बेलुकी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

मोरङ, धनपालथान गाउँपालिका-२ पैटामाबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित भारत अररिया पहुँसी ग्राम पंचायत-२ बस्ने २२ वर्षीय मोहमद ईर्सादलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहि बरियातीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको वीआर ३८ क्यू ५६८६ मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध प्रोक्सी स्पास ५१ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय अनिश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update