Kath Khabar
नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्ड पूर्णरूपमा अवरुद्ध

                       काठमाडौं, असार २५ । नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको वर्षाको कारण भासिएपछि पूर्वपश्चिम राजमार्गको बर्दघाट–दुम्किबास खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । भासिएको स्थानमा ट्रक फसेपछि रातिदेखि सवारी आवागमन ठप्प भएको हो ।

क्षति भएको सडकको मर्मत कार्य सुरु भईसकेको र दिउँसो सम्ममा नै दुवैतर्फी सडक सञ्चालन गर्ने गरी काम भईरहेको जनाइएको छ । सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ जानेहरू दुम्किबासमा रोकिएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update