रसुवाको बाढीमा बेपत्ता असई लालबहादुर श्रेष्ठको शव चितवनमा फेला

चितवन, असार २५ । मंगलबार रसुवाको बाढीमा बेपत्ता भएका प्रहरी अधिकृत प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ ।
बाढीमा बेपत्ता भएका तीन प्रहरीमध्ये रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका श्रेष्ठ हिजो साँझ ६ः२० बजे पन्ध्रकिलोस्थित त्रिशूली नदीको किनारमा मृत फेला परेका हुन् ।
उनको शरीरका सबै कपडा नभए पनि देब्रेखुट्टामा प्रहरीको बुट थियो । सोही आधारमा सनाखत गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठ रसुवाको हाकु प्रहरी चौकीमा तैनाथ थिए र घटनाको समयमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय