Kath Khabar
दाउन्ने-बर्दघाट खण्ड आवश्यक मर्मतपश्चात एकतर्फी सञ्चालनमा

                              नवलपरासी, असार २५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अवरुद्ध दाउन्ने-बर्दघाट खण्ड आवश्यक मर्मतपश्चात एकतर्फी रूपमा सञ्चालन भएको छ । 

दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको वर्षाको कारण भासिएपछि पूर्वपश्चिम राजमार्गको बर्दघाट–दुम्किबास खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो ।  केही समयभित्रै दुईतर्फी यातायात पूर्ण रूपमा खुल्ने जनाइएको छ।

उनले सुरक्षाकर्मीको व्यवस्थापनसहित यात्रुबाहक गाडीलाई प्राथमिकतामा आवतजावत गराइएको प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update