Kath Khabar
म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छाेरा बेपत्ता

                               म्याग्दी, असार २५ । म्याग्दीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो भने उनका १३ वर्षका छोरा सरोज विक बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । 

घर नजिकैको बारीको पाखामा घाँस काट्न गएका उनीहरूलाई अचानक माथिबाट खसेकाे पहिरोले पुरेको हो । बेपत्ताको खोजीका लागि स्थानीयवासी र  सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update