काठमाडौं, असार २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै खास वा विशेष संकेत झल्किने पहिरन र सामग्री प्रयोगमा रोक लगाइएको छ । अध्यागमन कार्यालय त्रिअविले आज एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको जनाएकाे छ ।
कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभूषण वा (खादा, माला, चस्मा, फरक किसिमको टोपी आदि) ले अध्यागमन प्रशासन एवम् सुरक्षा व्यवस्थामा पुऱ्याउन सक्ने असरलाई मध्यनजर गर्दै निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।
नेपालको अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि कार्यालयले नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई निम्न कुराहरू पालना गर्न अनुरोध गरेको छ । नियमको उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुन सक्ने चेतावनी कार्यालयले दिएको छ ।