Kath Khabar
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठकलाई प्रहरीले सोधपुछको लागि बोलायाे

                             काठमाडौं, असार २७ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीराज पाठकलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर भद्रकालीमा पाठकसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहका विज्ञप्ति तथा शुभकामना सन्देशहरु पाठकमार्फत नै सार्वजनिक हुने गरेको छ । पाठकले सार्वजनिक गर्ने विज्ञप्तीहरुमा ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गर्ने गरिएका कारण त्यसको कानुनी वैद्यताबारे सोधपुछ गर्न उनलाई बोलाईएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update