Kath Khabar
अबदेखि ज्ञानेन्द्र शाहलाई 'श्री ५' नलेख्ने सर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक

                काठमाडौं, असार २७ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई तीन शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएर छोडिदिएको छ।

पूर्वराजालाई 'श्री ५ महाराजाधिराज' भन्दै सामाजिक सञ्जालमा विज्ञप्ति निकालेको लगायतका विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो ।

उनलाई अबदेखि आफ्नो फेसबुकबाट मेसेजहरू सम्प्रेषण नगर्ने, यसरी पोष्ट गरिएका सामाग्रीहरू हटाउने श्री ५ महाराजाधिराज भनेर समाचार नदिने शर्तमा छोडिएको हो ।    

पूर्वराजा ज्ञानेन्द्र शाहका विज्ञप्ति तथा शुभकामना सन्देशहरु पाठकमार्फत नै सार्वजनिक हुने गरेको छ । पाठकले सार्वजनिक गर्ने विज्ञप्तीहरुमा ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गर्ने गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update