Kath Khabar
तीन प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

                         काठमाडौं, साउन ६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोक जिल्ला (५०-५५ मि.मि.) तथा मनाङ जिल्ला (४७ मि.मि.) मा परेको र पानी पार्ने बादल विस्तारै दक्षिण-पश्चिम सरिरहेकोले हालको लागि ती स्थानहरूमा परेको पानी कम हुँदै जाने विभागले जनाएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update