Kath Khabar
दुई किलोग्राम सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ


                  काठमाडौं, साउन ७ । काठमाडौं, दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय CHUNLIN TAN र २४ वर्षीया XUEMI ZOU रहेका छन् । 

CHUNLIN TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका-२६ ज्याँठास्थित JIU DING YUAN BIN GUAN होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०४ नम्बरको कोठा तलासी गर्दा बिस्कुट आकारमा रहेको उक्त परिमाणको सुन तथा नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update