Kath Khabar
भक्तपुरको बोडेमा दिदीबहिनी मृत फेला

                              भक्तपुर, साउन ८ । भक्तपुरको बोडेमा दुई किशोरी मृत फेला परेका छन् । उनीहरु दिदीबहिनी भएको खुलेको छ । मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा डोरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतकहरु सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन् । उनीहरूले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । आज बिहान पौने सातबजे चक्रधर प्रजापतिको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update