
सिराहा, साउन ११ । नवराजपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ३७ मिलिग्राम सहित भारत मधुवनी ग्राम पञ्यायत बिरपुर-९ बस्ने ३८ वर्षीय श्याम सुन्दर पासवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, सिरहा नगरपालिका-१५ बुधौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश महरा, सोही नगरपालिका-१३ फुलबरिया बस्ने २० वर्षीय सतिश यादव र सोही नगरपालिका-२० सिकाज्योती बस्ने २४ वर्षीय रमन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६९६१ नम्बरको मोटरसाइकलमा सवार मुकेश तथा म.प्र.०१-००४ प ९८६२ नम्बरको मोटरसाइकलमा सवार सतिश र रमन कुमारलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ बस्ने २२ वर्षीय राजकुमार बादीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७ ग्राम १ सय मिलिग्राम सहित भारत किसनगंज कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उक्त पदार्थ सहित नियन्त्रणमा लिने क्रममा घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको लागि पठाइएको छ ।
कास्की, माछापुच्छ्रे गाउँपालिका-३ नेपाली टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, मधुबन नगरपालिका-८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ठाकुरबाबा नगरपालिका-१ घर भएका ३६ वर्षीय कबिराम सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ सघापुर बस्ने ४५ वर्षीय भगौती रैदासलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय याङ राई र सोही ठाउँ बस्ने मोरङ केराबारी घर भएका ४० वर्षीय बुद्धि बहादुर ठकुरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले याङ राईको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
पर्सा, पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ५० एम्पुल र ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित सोही गाउँपालिका-४ मधुवनी बस्ने २५ वर्षीय दिलिप सहनीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-२ बस्ने १९ वर्षिय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९४३० नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।