Kath Khabar
देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

                      काठमाडौं, साउन १२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

देशभर साधारणतया बदली रहनेछ। हाल काठमाण्डौंलगायत डडेलधुरा, वीरेन्द्रनगर, पोखरा, जिरी, धनकुटामा पानी परिरहेको छ ।

गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।


 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update