Kath Khabar
आजको मौसम : यि स्थानमा भारी वर्षाको सम्भावना


                       काठमाडौं, साउन १३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रहि बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update