Kath Khabar
कस्तो रहनेछ आजको मौसम ?

                       काठमाडौं, साउन १४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भू-भागमा साधारणतया बदली रहि तराई भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update