हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा

काठमाडौं, साउन १४ । सिन्धुलीका घर छोडेर हिँडेका हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोर ६ का वडाध्यक्ष रवीन श्रेष्ठ पोखरा पुगेका छन् ।
वडाध्यक्ष श्रेष्ठले सो परिवारलाई सिन्धुलीमा बस्नका लागि अस्थायी टहरा बनाइदिने र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिए । तर हायू परिवारले घर फर्कन अस्वीकार गरेको छ । जेठा छोरा राजुचाहिँ घर फर्कन सहमत भएका छन् । उर्मिला हायूले भने त्यस घरमा बस्न डर लाग्ने गरेको बताएकी छन् ।
हायू परिवारले घर फर्कने नफर्कने विषयमा दुई तीन दिनमा सोचेर भन्रे बताएका छन् । अध्यक्ष श्रेष्ठ भने हायू परिवार नलिई सिन्धुली फर्कंदै छन् ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय