'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ

काठमाडौं, साउन १५ । पटके गुण्डाका रूपमा चिनिने भनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ परेका छन् ।
गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझमा झगडा र कुटपिट गरेको आरोपमा प्रहरीले बुधबार राती पक्राउ गरेको हो । पटक-पटक गुण्डागर्दीमा संलग्न रहँदै आएका उनीमाथि राजधानीका रेस्टुरेन्ट, क्लब र डान्स बार जस्ता रात्रिकालीन व्यवसायहरूबाट जबरजस्ती रकम असुल गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
उनी डेढ बर्ष ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । उनी पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । सानुभाई प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहमा सक्रिय थिए । उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय