काठमाडौं, साउन १६ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटेलबाट अवैध लागूऔषध कोकिन १ किलो ५ सय ७४ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया RUBINA ABDULLAH SHAIKH लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त कोकिन सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएका भारतीय नागरिक ३३ वर्षीय ARUN PRATAP लाई समेत सोही होटेलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-३ इचँगुनारायणबाट अवैध लागूऔषध कोकिन ३२ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ERITREAN नागरिक ३७ वर्षीय YUSOUF ATOM र रसियन नागरिक ४४ वर्षीय ANDREI MALYSHEV रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कोकिन सहित पक्राउ गरेको हो ।
झापा, कन्काई नगरपालिका-३ सुरूङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा र झापा गाउँपालिका-३ बस्ने २४ वर्षीया प्रेमकला महतो र सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय बिनोद विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडा बिचवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २९ वर्षीय गोबिन्द राना र २४ वर्षीय सन्जु कुमार राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट कैलालीतर्फ जाँदै गरेको सु. प. प्र.- ०१-०१३ प ३८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-५ पथरैया बस्ने २२ वर्षीय रूपेश चौधरी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ कैलाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-१ सुन्दरपुर बस्ने २४ वर्षीय चन्दु विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ रेल्बे लाईन टोल बस्ने ४० वर्षीय सरोज कुमार कुर्मीलाई उनकै घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४० मिलिग्राम सहित बिहीबार बेलुकी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ हड्डी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ बस्ने ३० वर्षीय सुरेन्द्र कुमार गुप्ता र २२ वर्षीय मिथ्लेस पासी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ने.१ ह ३७४० नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-२० बाट अवैध लागूऔषध गाँजा करिब २३ किलो ८ सय ४० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने ३२ वर्षीय बिरेन राई र ३८ वर्षीय मोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले साँगुरीगढीबाट धरानतर्फ आउँदै गरेको प्र-१-०२-०५२ प ९६५७ र को.३८ प २६९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर हतुवागढी गाउँपालिका-९ बस्ने २४ वर्षीय बिसु राई र १९ वर्षीय निनोस राई रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-७ बस्ने २६ वर्षीय कार्लोस रिजाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।