२५ लाख धरौटीमा छुटे दुर्गा प्रसाई
काठमाडौं, साउन १९ । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंसहित चार जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले प्रसाईंलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ र राज्यविरुद्धको अपराधअन्तर्गत घटनासँग सम्बन्धित मुद्दामा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
राजावादीले चैत १५ मा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईं पुर्पक्षका लागि थुनामा रहेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय