Kath Khabar
म्याग्दीको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प

                     म्याग्दी,  साउन २० ।  म्याग्दीको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज दिउँसो १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जा खानी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएकाे छ ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update