देशभर बदली, कोशी र सुदूरपश्चिमका केहि स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२ ०६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय