गायक पशुपति शर्मा चढेको कार दुर्घटना

काठमाडौं, साउन २० । लोकगायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो पोखराबाट वालिङ जाँदै गरेका शर्मा सवार ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गको स्याङ्जा अन्तर्गत भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको हो ।
गायक शर्मासहित उक्त कारमा चार जना रहेको र चारै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । शर्माको देब्रे हातको एउटा औला भाँचिएको बताइएको र कारको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२ १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय