Kath Khabar
मौसम :  कहाँ कहाँ पर्दैछ आज पानी ?

                          काठमाडौं, साउन २६ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

सोमबार  दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update