रुपन्देही, साउन २६ । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले भित्र आधारभूत सुविधाको कमी रहेको स्पष्ट पारेको छ । आयोगले रास्वपा सभापति रवि लामिछानेसहित अन्य कैदीबन्दीहरूआधारभूत सुविधाको अभावमा रहेको बताएका हुन् ।
लामिछानेको कोठामा एयर कन्डिसनर नभएकाे र झ्यालहरू प्लाईउडले छोपिएकाले हावा सहज तरिकाले पास नहुने, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने किसिमका गरी दुईवटा मात्र पंखा रहेको आयोगकी प्रवक्ता लिली थापाले जानकारी दिइन् । उनका अनुसार कारागारमा क्षमता भन्दा बढी कैदीहरू रहेका छन् जसका कारण भीडभाड बढि छ । शौचालय पनि ओपन जस्तो आधा गाह्रोमात्र उठाएको दयनीय अवस्थाको छ । लामिछानेले स्वच्छ हावामा हिडडुल गर्न नपाएको भन्दै उनले न्युनतम मानव अधिकार पनि हनन गरिएको थापाले बताइन् ।
आयोगले रवि लामिछानेको स्थानान्तरण प्रक्रिया रोकिएको विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ । टोलीले रूपन्देही कारागारको समग्र अवस्थाको बारेमा विस्तृत प्रतिवेदन तयार गरिरहेको छ ।