Kath Khabar
‘तपाईको मास्क खै?’ अभियान सहित ट्राफिक प्रहरी सडकमा

काठमाडौं, साउन २६ । उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिबार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ लेखिएको रिबन को प्रयोग गरी सचेतना शुरु गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएकाट्राफिक प्रहरीहरुलाई लगाइदिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमाल्याउन शुरु गरेको महाशाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताउनुभयो । यस अघि अनिबार्य मास्कको प्रयोग गर्न÷गराउन ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्बजनिक स्थानमा मास्क बितरण, सार्बजनिक यातायातमा अनिवार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन सचेत गर्ने लगायतका कार्यक्रम गर्दै आएको समेत जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update