Kath Khabar
रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

                        काठमाडौं, साउन २६ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले हिरासतमै राख्न आदेश दिएको छ ।

बुटवलस्थित सुप्रिम सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ ठगी मुद्दामा रिहाइको लागि दाबी गरिएको रकम तिर्न अदालतले अस्वीकार गरेपछि उनी हिरासतमै रहने भएका हुन् ।

लामिछानेले गत साउन १९ गते २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै निवेदन दिएका थिए । तर, रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सापकोटाको एकल इजलासले उनको अनुरोध खारेज गरेको हो ।

 

 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update