चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं, साउन २८ । गुण्डानाइके चक्रे मिलन (मिलन गुरुङ) लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले गुरुङसहित १९ जनालाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्र मिलन र राजेश खड्कालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँमा जमानत तोकेको छ भने बाँकी १७ जनालाई १० हजार देखि २० हजार रुपैयाँसम्मको जमानत दिएको छ ।
चक्र मिलनमाथि लामो समयदेखि आपराधिक गिरोह चलाएको आरोप छ । उनीसहित १९ जनालाई साम्बाला होटलबाट प्रहरीले गत साउन १५ गते पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमा अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ २१:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय