Kath Khabar
मनसुन पश्चिम नेपालतर्फ बढी सक्रिय, यि स्थानमा छ भारी वर्षाको सम्भावना

                  काठमाडौं, साउन २९ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update