Kath Khabar
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको अंग खरिद गरेको आरोपमा दुईजना पक्राउ

                             काठमाडौं,  साउन २९ ।  पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको अंग खरिद गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भई कपन बस्ने ४२ वर्षको रामनन्दन ठाकुर र सप्तरीको बलानविहुल गाउँपालिका-६ घर भई गौरीघाट बस्ने ४१ वर्षका मिश्रीलाल यादव रहेका छन् । पक्राउ परेका व्यक्तिकाे साथबाट प्रहरीले खरिद गरिएकाे वस्तु पनि बरामद गरेको छ । दुवैलाई प्रहरीले कपन र गौरीघाटबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूले त्यस दिन बनेपा- ९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको सानाे टुक्रा र खरानी खरिद गरेका थिए ।

यसअघि साउन २३ गते पशुपति आर्यघाटमा जल्दै गरेको अवस्थामा शवबाट अंग निकालेर बेच्ने गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।  शवको अंग किन्ने तथा बेच्ने चार जना यति बेला प्रहरी हिरासतमा रहेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

 

 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update