अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, भदौ १ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको तुईन पुल नजिकै पुनः माथिबाट पहिरो जाँदा अवरुद्ध भएको सडक खुलेको छ ।
ढुङ्गा सहितको पहिरो हटाउन दुईवटा एक्साभेटर प्रयोग भएको थियो । बिहान ९ः३० बजेदेखि अवरुद्ध सडक पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो । अवरोधका कारण आफ्नो गन्तव्यमा जाने सवारी साधनहरू अलपत्र परेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय