Kath Khabar
गुण्डा नाइके राजु गोर्खाली पक्राउ

                        काठमाडौं, भदौ १ ।  गुण्डा नाइके राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । प्रहरीले राजु गोर्खालीलाई बैकिङ कसुरको अभियोगमा काठमाडौंको चन्द्रागिरी क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।  

उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको छ । 

गोर्खाली सिन्धुपाल्चोकका कांग्रेस नेता हुन् ।  यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए ।

जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गरिएको हो ।  उनी यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका छन् । यसअघि गुण्डा नाइके चक्रे मिलनपनि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update