Kath Khabar
आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना  !

                   काठमाडौं, भदौ ३ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।

देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाड र तराइ साथै कोशी प्रदेशको पहाडी भू-भाग केही स्थानहरूमा र मधेश प्रदेश र कोशीको तराइको  एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको पहाड र तराइ साथै कोशी प्रदेश, बाग्मती प्रदेश, र कर्णाली प्रदेशका पहाडी भु-भागका एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।

राती कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update